Rule 22G
बढुवा सम्बन्धी व्यवस्था
(१) समुदायद्वारा सञ्चालित विद्यालयको प्रत्येक तहमा शिक्षक बढुवा गर्ने प्रयोजनको लागि देहायको अनुपातमा बढुवा हुने श्रेणी कायम गरिनेछः–
जम्मा पद संख्या तृतीय श्रेणी द्वितीय श्रेणी प्रथम श्रेणी
४ ३ १ –
५ ४ १ –
६ ५ १ –
७ ५ २ –
८ ६ २ –
९ ६ ३ –
१० ६ ३ १
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्ला विकास समितिले जिल्ला भित्रका सबै विद्यालयको व्यवस्थापन जिम्मा लिएकोमा नियम ८९ बमोजिम र गाउँ विकास समिति वा नगरपालिकाले आफ्नो क्षेत्रभित्र एक भन्दा बढी विद्यालयको व्यवस्थापन जिम्मा लिएकोमा त्यस्ता विद्यालयहरुमा रहेको कुल दरबन्दीको आधारमा बढुवा हुने पदको श्रेणी कायम गर्न सक्नेछ ।
(३) व्यवस्थापन समितिले शिक्षकको बढुवा सम्बन्धी कारबाही अघि बढाउनु पूर्व जिल्ला शिक्षा अधिकारीबाट बढुवा हुने पदको श्रेणी सहितको संख्या निर्धारण गराउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम निर्धारण गरिएको श्रेणीमा नेपाल सरकारबाट स्वीकृत दरबन्दीमा नियुक्त भएका देहायका योग्यता पुगेको शिक्षक बढुवाको लागि उम्मेदवार हुन सक्नेछः–
(क) बढुवा हुने श्रेणीभन्दा एक श्रेणी मुनिको पदमा अविच्छिन्न रुपमा सात वर्षसम्म स्थायी सेवा गरेको,
(ख) ………..
(ग) …………
(घ) विगत पाँच वर्षको अवधिमा कुनै किसिमको विभागीय सजाय नपाएको ।
(५) उपनियम (४) बमोजिम योग्यता पुगेको शिक्षकले बढुवा हुनको लागि आवश्यक कागजात संलग्न गरी व्यवस्थापन समिति समक्ष निवेदन दिन सक्नेछ ।
(६) उपनियम (५) बमोजिम निवेदन प्राप्त भएमा व्यवस्थापन समितिले त्यस्तो निवेदन सहितका कागजात शिक्षक छनौट समिति समक्ष पठाउने छ ।
(७) शिक्षक छनौट समितिले शिक्षकलाई बढुवाको निमित्त सिफारिस गर्दा निजको कार्य क्षमताकाे आधारमा गर्नेछ । त्यसरी कार्य क्षमताको मूल्यांकन गर्दा देहाय बमोजिम बढीमा ६० अङ्क दिइनेछः–
(क) कार्य सम्पादन मूल्यांकन वापत ५० अङ्क
(ख) अन्तर्वार्ता वापत १० अङ्क
(८) कार्य सम्पादन मूल्यांकन वापत पछिल्लो पाँच वर्षको लागि प्रति वर्ष १० अङ्ककाे दरले बढीमा ५० अङ्क दिइनेछ ।
(९) शिक्षक छनौट समितिले कार्य सम्पादन मूल्यांकन वापत कम्तीमा ४५ अङ्क अन्तर्वार्ता वापत कम्तीमा ६ अङ्क सहित कम्तीमा ५१ अङ्क प्राप्त गर्ने शिक्षकलाई बढुवाको लागि सिफारिस गर्नेछ ।
(१०) कार्य सम्पादन मूल्यांकन फारामको ढाँचा मन्त्रालयले तोके बमोजिम हुनेछ ।
(११) शिक्षकको सुपरीवेक्षक प्रधानाध्यापक र व्यवस्थापन समितिको अध्यक्ष पुनरावलोकनकर्ता हुनेछ र प्रधानाध्यापकको सुपरीवेक्षक व्यवस्थापन समितिले तोकेको सो समितिको सदस्य र व्यवस्थापन समितिको अध्यक्ष पुनरावलोकनकर्ता हुनेछ ।
तर कुनै विद्यालयमा शिक्षक र प्रधानाध्यापक एउटै श्रेणीको भएमा त्यस्तो शिक्षकको सुपरीवेक्षक व्यवस्थापन समितिको सदस्य र व्यवस्थापन समितिको अध्यक्ष पुनरावलोकनकर्ता हुनेछ ।
(१२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विद्यालयको व्यवस्थापन जिम्मा लिनु अघि कार्यरत स्थायी शिक्षकले चाहेमा आयोगद्वारा हुने बढुवामा समेत भाग लिन पाउनेछ । तर एकपटक यस नियम बमोजिम बढुवा भएको शिक्षकले पुन आयोगद्वारा हुने बढुवामा उम्मेदवार हुन पाउने छैन ।